Tuesday, April 14, 2020

Corona virus and its effect.

कोरोना भाईरस र यसको प्रभाव 
                            लेखकःहिमालय वराल
                                                                  विराटनगर           


कोरोना भाईरस जसलाई कोविड नाईन्टीन पनि भन्छौ जसले विश्वलाई त्राहिमाम वनाईरहेको छ हुन त यो यसै प्रकृति वाट उव्जेको हो । प्रकृतिमा प्राणी,किटाणु,जिवाणु,विषाणु तथा वनस्पति छौ विषाणु लाई नै हामी भाईरस भन्छौ जुन आँखाले देख्न सकिदैन यन्त्रको माध्यमवाट मात्र देख्न सक्छौ कसरी उत्पत्ति हुन्छ भन्दा यो यसै वातावरणको प्रभावमा रहेका अनेक जिवाणु तथा विषाणु परजिविहरु विचको समिश्रण वाट हुन्छ यो निर्जिव जस्तो लाग्छ तर जव यसले आफनो भरपर्दो आधार प्रोटिन,वोसो,कार्वोहाईडे«ड लगायत भिटामीन पाउछँ यो आफै जाग्छ जसरी जुम्रा ले आफनु अनुकुल ठाऊ पाउदा रातारात यो वढछ त्यसै गरी यो भाईरस वृद्धि हुन्छ । भाईरस जसले मानव तथा प्राणी जातिको अङ्गमा वसेर शत्रु जिवलाई परास्त गर्छ र सो अङ्गको क्षमता र आयु वढाउछ त्यसलाई जिवाणु तथा मित्रु जिव भन्छौ जसले हाम्रा अङ्ग र शरिरका तत्वहरुलाई हानी गर्छ ,क्षयीकरण गर्छ यसलाई विषाण्ुा तथा शत्रु जिव भन्छौ । कतिपय अवस्थामा मित्रु जिव प्रत्यारोपण गरेर पनि अङ्गहरुको आयु वढाउन सक्छौ । भाईरस परजिवी हो यो सजिव तत्वमा रहेर आफनो प्रभुत्व वढाउछ । यसको अनुकुलताको विपरित कार्य र अवस्था वाट मात्र यो छुटन सक्छ ।

भाईरस मानवनिर्मित र प्रकृति निर्मित हुन्छ,मानव निर्मित पनि प्रकृतिमा नै प्राप्त परजिवीहरुको समिश्रणवाट वनाउने गरिन्छ तर मानव र प्राणी जगतको फाईदाको लागी मित्रु भाईरसको उत्पादन पनि गरिन्छ तर शत्रु भाईरसको उत्पादन भने गर्नु हुदैन यसै सन्र्दभमा कोरोना भाईरस प्रकृति निर्मित हो वा मानव निर्मित के हो पत्ता लाग्दै जाला ।
चिनको वुआन मै यसको उत्पत्ति भएको हो वा अन्त वाट आएको हो,यो खोजीको विषय भएको छ यस तर्फ यस लेखक जान चाहदैन ।तर यसले पार्ने प्रभावलाई नजरअन्दाज गर्न सकिदैन अन्र्तराष्ट्रिय प्रभावको अध्ययन गर्दै यसले पार्ने राष्ट्रिय प्रभाव लाई कसरी सामना गर्ने अहिले को मुख्य चुनौती यहि भएको छ । कोरोना भाईरसले देखाउने प्रभावलाई तपशिल वमोजिम विश्लेषण गर्न सकिन्छ ।
१,सामाजिक तथा मनोवैज्ञानिक प्रभाव
२.आर्थिक तथा वित्तिय प्रभाव
३.राजनितिक तथा कानुनी प्रभाव
४.प्रशासनिक तथा शासकिय प्रभाव
५.कुटनैतिक प्रभाव
माथि उल्लेखित प्रभावहरु लाई विविध दृष्टिकोणले व्याख्या गर्न सकिन्छ ।
१,सामाजिक तथा मनोवैज्ञानिक प्रभाव
कोरोनाले सवभन्दा वढी प्रभाव पार्ने क्षेत्र भनेको सामाजिक प्रभाव हो , रोजगारी गुमाएको उद्योग व्यवसायमा लखडाएको,आर्थिक आर्जन गुमाएको,भविष्य समेत स्पष्ट नदेखेको मानसिकताले भरिएको समाज कस्तो होला । आफनै राज्य भित्र निरास भएको व्याक्ति विदेश गएर भएपनि हास्थ्यो, त्याहाको रोजगारीको पैसाले स्वदेशका परिवार हसाउथ्यो तर अव त्यो रहेन सवै तर्फ एकै नाशको प्रभाव परेको छ । हाम्रो जिवनलाई सजिलो वनाउने विज्ञान आज हारेको अवस्था हो यसले प्रत्येक नागरिकको मानसिकता मनोवैज्ञानिक रुपमा नकारात्मकता देखिन्छ । आम नागरिकको मनोवल कमजोर भएर गईरहेको छ । जिवन वाच्न गारो अनि अन्योल देखिदा पारिवारिक एकता नहुने, एक आपसमा टकराव हुने,पारिवारिक विखण्डन हुने अवस्था देखिदैछ । अर्को तर्फ विदेश वाट फर्किने नागरिकहरुले समाज र पारिवारमा पार्ने असर अनि परिवार र समाज सगँ भएको सीमित उत्पादनका स्रोत माथिको दवाव विच हामी गुज्रनु पर्ने हुदा सामाजिक सन्तुलन कायम गराउन चुनौति पुर्ण देखिदैछ । अझ हाम्रो समाजको विविधता व्यवस्थापन त चुनौतीपुर्ण हुदैछ ।
२.आर्थिक तथा वित्तिय प्रभाव
आर्थिक रुपमा तहसनहस भएको अर्थतन्त्रले प्राण पाउन समय लाग्ने भएको छ,औद्योगिक उत्पादन न्युन,पुर्वाधार विकासमा कटौति,आयात निर्यात व्यापारमा कटौती,उपभोगमा न्युनताले आर्थिक विकास थलापर्ने छ , आर्थिक वृदि दर माईनस तर्फ जाने ,प्रतिव्याक्ति आय घटने,वेरोजगारी वढने तथा संचित कोषहरु खर्च हुदै जाने हुदाँ हाम्रो आर्थिक क्षेत्र धेरै वर्ष सम्म परनिर्भरता तर्फ जाने देखिदैछ । यसै गरी वैक,विमा कम्पनिहरु,वित्तिय संस्थाहरु तथा सहकारी क्षेत्रहरु धारायसी भएर जाने छन । विमा कम्पनिहरु त वन्द हुने अवस्थामा पुग्ने छन । नागरिकहरु सगँ वचत नहुने भएपछि वचतमा आधारित संस्थाहरु धारासाही हुने छन । देश भित्र वाट हुने लगानी घटने छ विश्व जगतमा नै असर पर्ने भएको हुदाँ वैदेशिक लगानी तथा वैदेशिक सहयोग पनि कम आउने छ , वजेट घाटा झन वढेर जाने छ स्वास्थ्य क्षेत्रमा विदेशी संस्थाहरुले सहयोग आउने छ तर हामी भन्दा गरिव देशहरु पनि सक्रमित भएकोले यस्तो सहयोगको पनि वढी आश नगरौ । वित्तिय लगानी कम भएपछि उत्पादन घटने छ,रोजगारी सिर्जना न्युन हुने छ,निजि क्षेत्रले जोखीम नलिने देखिदैछ सरकारी तथा सार्वजनिक क्षेत्रले नै लगानी वढाउनु पर्ने देखिदैछ,शेयर वजार केही वर्ष सम्म धारासायी नै हुने छ । कतिपय वैक तथा विमा कम्पनिहरु वन्द नै हुने छन । राजस्व घटने छ , यसको विकल्प आन्तरिक रिण र वाहय रिणको अशँ वढने छ , राज्य संचालनमै चुनौती देखिने छ सामाजिक मात्रै होइन वित्तिय अनुशासनमा रहेर हामीले राज्य संचालन मितव्ययी ढगँले गर्नु पर्दछ ।


३.राजनितिक तथा कानुनी प्रभाव
 कोरोना भाईरस ले पार्ने राजनिितक प्रभावले सवै क्षेत्रमा असर गर्ने छ , स्थायी राजनितीक भन्दा पनि अस्थायी निर्णयहरुले अन्तर्राष्टिय राजनीतिक दिशा निर्देश हुने देखिन्छ जसले सहयोग गर्छ उतै तर्फ मुलुकहरु लाग्ने छन । आफु शक्तिशाली हुने भन्दा पनि आफना देशका नागरिकहरु लाई कसरी जनस्वस्थ्य रुपमा,आर्थिक ,सामाजिक , तथा पर्यावरणिय रुपमा जोगाउने र हरेक विषयमा मुलुक लाई आत्मानिर्भर वनाउने कार्यमा मुलुकहरु लाग्ने छन । राष्ट्रिय राजनीतिकले नै मुलुकलाई पिरोल्ने छ । कारोना भाईरसको असर जनस्वास्थ्य तथा चिकित्सा क्षेत्रमा मात्र पर्ने छैन यसले विश्व राजनीतिलाई एक ठाऊमा ल्याउने सम्भावना केहि विषयहरुमा देखिन्छ । महामारी रोगहरु नियन्त्रण गर्न राज्यहरु एक हुने छन,जनस्वास्थ्य र चिकित्सा विषयको स्कुलरसीपहरु घोषणा गर्न राज्यहरु एक हुने छन यस विषयका पाठयक्रमहरुमा परिवर्तन हुने छन । स्वास्थ्य क्षेत्रका विविध अनुसन्धान गर्न राज्यहरु सहमत हुने छन ।
नेपालको राजनीतिलाई विश्लेषण गर्ने हो भने नागरिकहरु स्थायी र वलियो सरकारको पक्षमा रहने छन,राजनैतिक नेतृत्वहरुले निर्वाचनमा विजय प्राप्त गरेर मात्र हुदैन आफनो क्षमता,योग्यता तथा शासन प्रशासनमा आफनो अनुमानयोग्यता देखाउनु पर्ने हुन्छ,चुनाव जित्तैमा नेता हुईदैन भन्ने मान्यता विकास भएको छ,स्मार्ट राजनैतिक नेतृत्वहरुको पक्षमा नागरिक हुने छन , स्थानिय सरकारहरु लाई अझ वलियो,भरपर्दो तथा साधनस्रोत सम्पन्न वनाउने पक्षमा सवै लाग्ने छन । प्रदेश सरकारहरुको भुमिकाको पुर्नपरिभाषा गरिने छ,प्रदेश सरकारलाई कसरी,के कार्यहरुमा ईनगेज गराउने केन्द्र सरकार र प्रदेश सरकारको तालमेल कसरी मिलाउने र प्रदेश र स्थानिय विचको समन्वयलाई अझै गाढा र प्रभावकारी कसरी वनाउने भन्नेमा हामी लाग्नु पर्ने देखिदैछ कि प्रदेश सरकारलाई प्रभावकारी वनाउनु परयो कि खारेज गर्नु परयो भन्ने तहसम्मको छलफल हुने छ । अर्को तर्फ हामीले प्रदेश सरकार लाई स्विकार गरेपछि केन्द्रमा यति धेरै कर्मचारीका दरवन्दी,वोर्ड समितिहरु,कार्यालयहरु किन राख्नु परयो सवैलाई तल ओराल्नु पर्छ र प्रदेश सरकारलाई भरपर्दो र जवाफदेही वनाउनु पर्छ खाली केन्द्रकै मात्र मुख ताक्ने परजिवी वनाउनु हुदैन भन्ने मान्यता विकास भएको छ कि अधिकार सम्पन्न हुनु परयो प्रदेश सरकार,प्रदेश सरकारले काम खोजीरहेको  छ तर हामीले दिन सकिरहेका छैनौ सस्तो लोकप्रियता भन्दा पनि सार्वजनिक हित लाई अघि वढाएर काम गरेमा प्रदेश सरकारे नै संघीयताको अर्थ वोक्ने छ ।
कानुनी प्रभावको कुरा गर्दा,मुलुक संचालनका धेरै कानुनहरुको संशोधन र परिवर्तन हुने छ , नेपालको संविधान २०७२को संशोधन कम्तिमा दश वर्ष सम्म हुने छैन यो संविधान संशोधन गर्न अहिलेका राजनैतिक नेतृत्वहरु वाट हुदैन ,सविधान संशोधन अवको राजनैतिक एजेन्डा होईन,राजनीतिमा आउने नया पुस्ताले मात्र संविधानको संशोधन गर्न सक्ने छ । आर्थिक,सामाजिक तथा सास्कृतिक रुपमा तथा जनस्वास्थ्य र चिकित्सीय दृष्टिकोणले आफना नागरिकहरुको सुरक्षा गर्नु तथा यस सगँ सम्वन्धित कानुनहरुको संशोधन तथा परिवर्तन अनिवार्य भएको छ । नवउदारवादी कानुनहरुमा संशोधन गरी राज्य नियन्त्रित ,लोक कल्याणकारी कानुनहरुको निर्माण हुने छ । केन्द्रिय सरकारको भुमिकामा वृद्धि हुने छ कानुनहरु पनि सोही मुताविकका निर्माण हुने छन । स्थानिय सरकार तथा प्रदेश सरकार केन्द्र सरकारका सहायक सरकारको रुपमा रहने छन , मानवकै अस्तित्वमा धावा वोलेको कोरोना भाईरसले जवाफदेही,संवेदनशिल तथा उत्तरदायी सरकारको खोजी गरिरहेको हुन्छ । राजनैतिक इतिहासको आधारमा नभई सक्षमताको आधारमा सरकारको मुल्याकंन हुने छ ।
४.प्रशासनिक तथा शासकिय प्रभाव
कोरोना भाईरसले मौजुदा प्रशासनिक संरचना माथि पनि धावा वोलेको छ । नवउदारवादको निरपेक्ष वहकाऊमा लागेर लोकहित लाई निक्कैपर धकेलेका रहेछौ, हामीले नेपालमा मात्र होईन अमेरीकामा सम्म जनस्वास्थ्यका क्षेत्रमा पछि रहेछौ । चिकित्सा क्षेत्रको विकासमा निजी क्षेत्र लागे तर महामारी आउदा हस्पिटलको ढोका वन्द समेत भएको देखियो हामीले कस्तो निजीकरण गरयौ चिकित्सा सेवालाई व्यापारीकरण गरेछौ गैर जिम्मेवार वनाएछौ के हाम्रा प्रशासनिक संरचनाहरु यिनै गैर जनउत्तरदायी संस्थाहरुको अभिलेख राख्ने मात्र हुन त राज्य मुखदर्शक भएर वसिरहन सक्छ र प्रश्नहरु उठेका छन ।प्रशासन मानव विच मात्र होइन,मानव रहित विश्व माथि पनि प्रशासन पुग्छ तर यो महामारीमा किन हामीले स्वदेशकै साधन स्रोत तथा संस्थाहरु लाई परिचालन गर्न सकेनौ त हाम्रो प्रशासनिक कमजोरी कहाँ रहयो त जिल्लामा प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रशासन कार्यालयको भुमिका कटौती होइन प्रदेश सरकारले समेत कानुन वमोजिम प्रमुख जिल्ला अधिकारीलाई जिल्लाको प्रशासनिक,सुरक्षा,सीमाना रक्षा,वजार नियन्त्रक तथा अर्धन्यायिक अधिकारीको रुपमा स्विकारर्नु पर्छ हामी सगँ अरु विकल्पलाई उभ्याउने समय छैन , जिल्लामा प्रशासनिक पुञ्ज भनेकै प्रमुख जिल्ला अधिकारी हो यसलाई संघीयताले स्विकार गरी अधिकार सम्पन्न वनाउनु पर्छ,प्रदेश सरकारको तर्फवाट सहायक प्रमुख जिल्ला अधिकारीको दरवन्दी सहित केहि  कर्मचारी जिल्ला प्रशासन कार्यालयमा राखेर सार्वजनिक सेवा प्रभावलाई गतिशिल गराउन सकिन्छ । यसो हुदा हामीले सार्वजनिक सेवामा अवरोध गर्नेलाई कार्वाही गर्ने त्यस्ता निकाय र संस्थालाई कार्वाही गर्ने अथोरेटी जिल्ला प्रशासन कार्यालयमा दिनु पर्दछ यसरी मुकदर्शक भएर हेर्ने अवस्था नआओस ।
केन्द्र सरकार,प्रदेश सरकार तथा स्थानिय सरकार तिनै सरकार वाट हुने सार्वजनिक सेवालाई अझ प्रभावकारी वनाउन प्रदेश सरकारलाई दुवै सरकार सगँ समन्वय गरेर स्थानिय सरकारले गर्न नसकेका,प्रभावकारी रुपमा गर्न नसकेका कार्य तथा केन्द्र सरकारलाई भारी भएका ,केन्द्र सरकार का कार्य क्षेत्र वाहेकका कार्यहरु हस्तानन्तरण गरी प्रदेश सरकारलाई सार्वजनिक सेवा प्रभाव गर्न सक्ने सरकारको रुपमा विकशित गर्नु पर्दछ । यो महामारीले सिकाएको पाठ जनस्वास्थ्य देखी सुरक्षा सम्मका सेवाहरु स्थानिय स्तरमा हामीले झार्नै पर्दछ , सवै सेवा काठमाण्डौमा मात्र भएर दुरदराजका जनताहरु लाई कसरी सेवा दिने यसमा प्रदेश सरकारले अध्ययन गरेर शिक्षा,स्वास्थ्य,पुर्वाधार विकास,शान्ति सुरक्षा ,खानेपानी,सिचाई , महिला वालवालिका तथा समाज कल्याण लगायत सार्वजनिक सेवाको डेलिभरी प्रदेश सरकारले दिन सक्ने व्यवस्था गर्नु पर्दछ ।
खुल्ला पुजिवादी अर्थव्यवस्थाले अनियन्त्रित वजारको मात्र होईन,गैर जिम्मेवार निजी क्षेत्र तथा भुमिका विहिन शासन प्रशासनको सिर्जना गरेको कुरा त कोरोना भाईरस वाट भएको महामारी नियन्त्रणको यो समयमा देखिरहेका छौ । हाम्रो संविधानले समाजवादउन्मुख व्यवस्था तर्फ जाने भनेतापनि सरकार यस तर्फ जादा हुने जोखीम मोल्न खोजिरहेको छैन,यो महामारी नियन्त्रणमा चीन,कोरीया,जापान जस्ता देशहरु सफल भईरहेका छन जहाँ समाजवादका चरित्रहरु छन तर अनियन्त्रित पुजिवादी व्यवस्था भएका देशहरु अमेरीका,ईटालि,स्पेन तथा फ्रान्समा महामारी नियन्त्रण नहुनुमा व्याक्तिवाद लाई प्रसय दिने ,  राज्यविहिनताको परिकल्पना गर्ने , पुजिवादमा आधारित नवउदारवाद हारिरहेको देखिदैछ , यसलाई स्विकार गर्न हामीले सक्नु पर्दछ । नेपालमा यस्तो अवस्थामा समेत कालावजारी वढनु,मुल्य वृद्धि हुनु , वजारमा वस्तु तथा सेवामा गैरकानुनी क्रियाकलाप हुनु नवउदारवादकै वाछिट्टा हुन यस तर्फ सरकार सचेत भई संविधानले परिकल्पना गरेको समाजवादी अर्थव्यवस्थामा जान ढिलाई गर्नु हुदैन तथा त्यस तर्फकै शासकिय आयामको विकास गर्नु पर्दछ । हिजो सामान्तवादको पहरेदार गर्ने,पुजिवादको तावेदारी गर्ने नोकरशाही कर्मचारीतन्त्र,शासकिय संयन्त्रले नागरिकहरुको आर्थिक,सामाजिक,राजनीतिक,कुटनैतिक तथा जिऊ ज्यान सम्मको सुरक्षा गरी समग्रतामा राष्ट्रिय सुरक्षा व्यवस्थापन गर्न नसक्ने विषय त नेपालमा जगजाहेर भएकै विषय हो आज स्थानिय तहमा निर्वाचित प्रतिनिधि तथा स्थानिय सरकारको उपस्थिति नभएको भए कोरोनाको नियन्त्रण देखी राहात वितरणको हालत के हुने थियो अहिले कल्पना नगरौ यसो हुदा हामीले खोजेको जनमुखी प्रशासनको विकासको लागी शासकिय आयाममा व्यापक फेरवदल गर्न सक्नु पर्दछ । केन्द्रको तावेदारी गरेर प्रदेश र स्थानियमा आएर जागिरे मानसिकताले कार्य गर्ने कर्मचारी संयन्त्र होईन प्रदेश र स्थानियमा नै सिर्जना हुने जनसेवामा लाग्ने शासकिय आयाम आवश्यक छ न कि समस्या पर्दा भाग्ने । यसो हुदा सुशासन लाई गफको विषय मात्र नवनाएर जनजिवनकै विषय वनाउने हो भने एक पटक सोचौ आज स्वास्थ्य उपचार नपाएर नागरिक मर्ने अवस्था कसरी आयो सरकारी सार्वजनिक क्षेत्रले सार्वजनिक सेवा पुरयाउन नसक्नु ,निजी क्षेत्र खाली नाफामुखी हुनु शिक्षा र स्वास्थ्य सेवालाई पुरै व्यापारीकरण गर्नु,केही व्याक्ति र व्यवसायी मोटाउने नीति वनाउनु यो सवै कुराले के देखाउछ भने हाम्रो शासकिय आयाममा कही न कही त्रुटी छ ,कोरोना भाईरसले प्रशासनिक क्षेत्रलाइ समेत पुर्नसंरचना गर्ने तहमा पुरयाएको छ ।

५.कुटनैतिक प्रभाव
कोरोना भाईरसले विश्व राजनीतिलाई मात्र होईन विश्व कुटनीतिकलाई समेत एक ठाऊ ल्याएको छ तर यस्तो तहस नहस हुदा समेत कतिपय देशहरु आफनै गीत गाईरहेका छन,एक आपसमा सहकार्य,सहशासन,विश्व शासन तथा समन्वय गर्ने र विश्व संसारका मानव जातीको अस्तित्वलाई जोगाउने समय हो । अन्र्तराष्ट्रिय सघँ सस्थाहरुलाई गाली गर्ने भन्दा उनीहरु लाई प्रभावकारी ढगँले परिचालन गर्ने हो । यसमा यु.एन.ओ.उसका लाईन एजेन्सी,अन्य विश्व भाईचारा कायम गर्ने सघँ सगँठनहरुका भुमिका वढाउनु पर्ने देखदछु । अन्र्तराष्ट्रिय संघ सगँठनको उपस्थितिमा क्षेत्रीय,उपक्षेत्रीय सघं सगंठनहरुको भुमिका देखिएको छैन । क्षेत्रीय सघँहरु लाई जसरी मानव कल्याण र समाजकल्याणमा यो अवस्थामा लगाउनु पर्दथ्यो तर कुटनिितक क्षेत्र यसमा असफल भएका छन । सार्क,आसियान,ईयु तथा विमेस्टेक जस्ता संस्थाहरुको भुमिका यस महामारी नियन्त्रणमा प्रभावकारी देखिएन कुटनैतिक क्षेत्रले यस वारेमा सिहाँलोकन गर्नै पर्दछ ।
मानव जाति लाई जोगाउन एक आपसमा लडाई होईन सदभावको खाचो छ यस भाईरसले ल्याएको महामारीलाई विश्व जगत एक भएर मुकाविला गर्न विश्व साधन स्रोतलाई परिचालन गर्न कुटनैतिक क्षेत्रले पहल गर्नै पर्दछ ।
अन्तमा नेपाल सरकारले यस महामारीको प्रभावलाई कम गर्न चाल्नु पर्ने कदमहरु लाई विश्लेषण गर्दछु ।
१,शिक्षा तथा स्वास्थ्य क्षेत्रलाई सेवामुलक वनाउने यस्ता क्षेत्रहरुमा निजी होईन सार्वजनिक वनाउने यस्ता संस्थाहरुमा नागरिक र सरकारको अशँ कायम गर्ने । कम्पनि ऐन परिवर्तन गरी जनता र सरकारको शेयर कायम गर्ने तथा यस्ता संस्थाहरु लाई सामाजिकीकरण गर्ने ।
२,विलाशिताका सामानहरु,जस्तै विदेशी कस्मेटिकहरु,जुसलगायत क्याटवेरी आईटमहरु,महगाँ कपडाहरु ,विदेशी रक्सी,सुन चादी जवाहरतहरु जस्ता सामानहरुको आयातमा प्रतिवन्द लगाउने जसले हाम्रो पुजि पलायन हुने छैन ।
३,विद्युतिय उत्पादनहरुको प्रयोग वढाउने,ईन्डक्सन चुल्हो,विद्युतिय सवारी साधनहरु तथा उद्योग तथा व्यवसायमा प्रयोग हुने मेशीनरी पनि विद्युत उर्जा वाट संचालन हुने गराउने । डिजेल,पेट्रोल तथा ग्यास वाट संचालन हुने यन्त्र उपकरण तथा मेशीनरी प्रयोग लाई निरुत्साहित गर्ने ।
४,सातै प्रदेशहरुमा पहाडी इलाकाको लागी १ तथा तराई क्षेत्रको लागी १ गरी १४ वटा टिचीङ्ग सहितका नया हस्पिटलहरुको निर्माण गर्ने । जनस्वास्थ्य विषय,चिकित्सा विषय,प्यारामेडिकल तथा ईन्जिनियरीङ्गका विषयहरु अध्ययन गर्ने कलेजहरु स्थापना गर्ने ।
५,सरकारका तथा सार्वजनिक क्षेत्रका फजुल खर्च कटौती गर्ने । पछिल्लो सार्वजनिक खर्च पुनरावलोकन आयोग अर्थविज्ञ डा.डिल्लीराज खनालको संयोजकत्वमा गठन भएको थियो त्यसले दिएका सुझाव र सिफ।िरसहरु कार्यान्वयन गरी अनावश्यक कार्यालयहरु,संस्थानहरु,वोर्ड समितिहरु,आयोजनाहरु ,नियोगहरु खारेज गर्ने,केन्द्रको भारी कर्मचारीहरुको दरवन्दी कटौती गर्ने ।
६,प्रशासनिक दरवन्दीहरु कटौती गरी प्राविधिक कर्मचारीहरुको दरवन्दी स्थानिय,प्रदेश समेतमा राख्ने ।
७,पुजीगत वजेट मात्र होईन साधारण वजेट तर्फका अनावश्यक खर्चहरु पनि कटौती गर्ने ।
८,कोरोना भाईरसको कारणले आयात घटेको छ आयातमा आधारित भन्सार शुल्क कटता राजस्व सकंलन घटने छ भन्सार वाट आउने कर त घटेकै छ जसले शोधान्तर व्यापार घाटा देखाएको थिया यसको वदला उत्पादन र आयमा आधारित कर क्षेत्र खोज्ने ।
९,रेमिटेन्समा आधारित हाम्रो अर्थतन्त्र लगभग अव ढल्ने अवस्थामा छ यसको विकल्पमा कृषि , पशु ,जडिवुटी तथा साना,मझौला र घरेलु उद्योग जुन स्वदेशी कच्चा पदार्थमा आधारित हुन्छन मा आधारित अर्थतन्त्रको विकास गरौ ।
१०,स्वाभलम्वि अर्थतन्त्रको विकासमा जोड दिने समाजवादी तथा कल्याणकारी राज्यव्यवस्थाको विकास गर्ने ।
११,राजनैतिक नेतृत्व,प्रशासनिक नेतृत्व समेत अनुशासन वस्ने तथा सामाजिक जनजिवनलाई समेत निश्चित आचरणमा राख्ने ।
१२,सवै मिलेर कोरोना भाईरस र यसले गर्ने असरहरु माथि विजय प्राप्त गरौ । विज्ञानले जित गरोस अनि हामी मानव जातीको रक्षा गरोस ।