Thursday, October 10, 2019

चीन भ्रमण,वीआरआई र हामी

लेखकः हिमालय वराल

यस लेखक लाई चीन जाने अवसर आफु कार्यरत मन्त्रालयले जुराईदियो,छिमेकी देश चीनको विकास हेर्ने रहर मात्रै नभएर हाम्रा देशका एजेन्डा राख्ने ,छलफल गर्ने,सेमीनारमा भाग लिने कन्ट्रि रिपोर्ट पेश गर्ने,चीन र नेपाल विचका सहयोगका क्षेत्रहरु पहिचान गरी पेश गर्ने तथा चीनीया पक्षले उठाएका जिज्ञाशाहरुको जवाफ दिने कार्यक्रम पनि थियो । खास गरी हाम्रो कार्यक्रम वेल्ट एण्ड रोड ईनिशियटिभ को सन्र्दर्भमा आर्थिक विकासमा सहयोगात्मक भुमिका प्रर्वदन शिर्षकको सेमिनारमा रहेर कार्यक्रममा सहभागी हुने,आफना पक्षको कुरा राख्ने,अन्तराष्ट्रिय क्षेत्रमा आफनो देशको पहिचान गराउने,वीआर र आर्थिक विकास सँग सम्वन्धित क्षेत्रहरु पहिचान गरी द्धिपक्षिय सहयोगको लागी प्रस्तावहरु टेवल गर्ने,चीन सरकार समक्ष नेपालले सहयोग अपेक्षा गरेका विषयहरु राख्ने समेत थियो ।

सन २०१९ अगष्ट २९देखी सेपटेम्वर ३ सम्म हामी उक्त कार्यक्रममा सहभागी भईयौ । हाम्रो टोलीको नेतृत्व उद्योग विभागका उपसचिव नोख वहादुर वत्स्याल सरले गर्नु भएको थियो,उद्योग,वाणिज्य तथा आपुर्ति मन्त्रालय अन्र्तगतका कर्मचारीहरु टोली नेता सहित अफिसर हिमालय वराल,नेपाल ईन्टरमोडल ट्रान्सपोर्ट वाट सीनीयर अफिसर शान्ता खतिवडा र भन्सार विभाग वाट अफिसर राम प्रसाद वाग्ले समेत थियौ । हामीले कसरी आफना विषयवस्तुहरु चिनीया पक्ष सगँ राखियौ भन्दा पनि यस भन्दा अघि हाम्रो कर्मचारी टोलीले कसरी कुरा राख्ने रहेछ भन्ने जिज्ञाशा मैले टोली समक्ष राख्दा यस्तो अनुभुती भयो ।

  1.  कर्टसी मेनटेन गर्ने तर स्पष्ट आफना कुराहरु नराख्ने ।
  2.  नया विषयवस्तुहरु को पहिचान नगर्ने,पुरानै सहयोगका क्षेत्रहरुमा रमाउने ।
  3. सहयोगका क्षेत्रहरु प्हिचान गरी सहयोगको अपेक्षा राख्ने जिम्मेवारी राजनैतिक नेतृत्वको हो भनि आफु पन्छिने ।
  4.  भाषागत समस्याले आफना कुराहरु राख्न नसक्ने ।
  5.  ठोस विषयवस्तुहरुमा गहन छलफल नहुने ।
  6. राज्यको प्रतिनिधित्व गरिरहेको छु भन्ने कुरा विर्सने ।
  7. आफनै टिम भित्र कुन कुन विषयमा कुरा गर्ने कसरी प्राथमिकता तोक्ने विवाद हुने ।
  8. राजनैतिक नेतृत्वले गरेका सम्झौताहरुको अध्ययन नगर्ने तथा सो को कार्यान्वयन को निम्ति कटिवद्ध सहित एक्सन प्लान लिएर नजाने ।
  9. जागिरे मानसिकताले ग्रस्त हुने ।
  10.  सहयोगका क्षेत्रहरुको प्रोजेक्टवेस अध्ययन विश्लेषण नगर्ने ।
  11. . स्पष्ट कुरा राख्न हिचकिचाहट

यस्ता पुरातन मान्यताहरु लाई तोडदै हाम्रो टोलीले उपरोक्त सेमिनारमा आफना कुराहरु स्पष्ट राखिऊ । विशेष गरी हामीले सहयोगका अपेक्षा राखेका विषयहरु तपशिल थिए तथा यस लेखक तथा नेपाल सरकारको एउटा कर्मचारी भएको नाताले हाम्रा राजनीतिक नेतृत्व तथा प्रशासनिक नेतृत्व लाई यि विषयहरु लाई घनिभुत छलफल गरी एउटा निष्र्कसमा पुग्न अनुरोध गर्दछु । आगामी केहि दिनमा चिनका महामहिम राष्टपति सि जिनपिङक ज्युको नेपाल भ्रमण हुदैछ यो एउटा अवसर हो सदुपयोग गरौ र नेपाल र नेपाली जनताका लागी केही गरौ ।

१) चीन र नेपालको सीमाना वाट उत्तर दक्षिण भारतको सीमाना सम्म कम्तिमा ३ स्थान वाट रेलवेज लाईन निर्माण गर्ने जस्तै संखुवासभा किमाथान्का देखी विराटनगर ड्राईपोर्ट वुधनगर सम्म,केरुगँ देखी काठमाण्डौ हुदै रक्सौल सम्म,मुस्ताकको कोरला नाका देखी कंचनपुर सम्म तथा यि भर्टिकल रेलवे लाईनलाई  पुष्पलाल मध्यपहाडी राजमार्गमा हरिजन्टल रेलवे लाईन निर्माण गरी जोडन सकिन्छ ।यसो गर्दा यातायात क्षेत्रको जोखिम हटने छ ,सवारी क्षेत्रमा हुने खर्च वचत हुने छ , चीन तथा भारत दुवै तर्फ आयात निर्यात व्यापार वढने छ ,नेपाल ट्रान्जिट देश भई हङकङ,सीङापुर ले लिए जस्तो फाईदा लिन सकिने छ । आन्तरिक तथा वाहय पर्यटनको विकास हुने छ । हामीले ६५ प्रतिशत पहाड तथा १६ प्रतिशत हिमाली क्षेत्रको प्रयोग गर्न पनि यसरी रेलवे ले जोडनु पर्छ । चीन सरकारलाई वीओटी मोडलमा यो निमार्ण गरी संचालन गर्न दिन सकिने छ । अवको विकास भनेको रिक्स ग्याम पनि हो,पर्खेर हेरेर मात्र हुदैन एक्सन मै जानु पर्दछ । यसको सफल उदाहरण पाकिस्तानको काराकोरम हिमाल छेडेर दक्षिण अरव सागरमा भएको  गाडार सीपोर्ट सम्म करीव ४हजार कि.मी.सडक निर्माण चीन सरकारको सहयोगमा भएको छ । यसरी वीआरआईमा हामी वाई लेन्ड कनिक्टीभिटीमा जान्छऊ गफले मात्र हुन्छ र ?

२)  जन सम्वन्धमा पनि चीन सरकारले जोड दिएको छ ,हामीले चीन सरकारको सहयोगमा सफल रुपमा निर्माण र संचालन भएको काठमाण्डौको सिभिल हस्पिटल जस्तै टिचिङ सहितको हस्पिटल पुर्वमा एउटा तथा पश्चिममा एउटा निर्माण गर्न चीन सरकारले सहयोग गर्नुपर्छ भन्दा सकारात्मक पायौ ।अहिले इथोपियामा वीआरआई अन्र्तगत यस्तो हस्पिटल निर्माण भईरहेको जानकारी उहाहरुले गराउनु भयो ।जनस्वाथ्यको क्षेत्रमा चीनले सहयोग गर्ने कुरा हाम्रो जानकारीमा आएको छ ।

३) यसै गरी प्राविधिक शिक्षामा हामीले जोड दिऊ जस्तो रेल त आउला तर रेल कुदाउने डाईभर क्यापटेन,रेलवे ईन्जियर,रेलवे मेकानिक्स कसरी तयार गर्ने यसको लागी हामीले चीन सरकार सगँ स्कुलरसीप र तालिमको माग गरियौ । नेपालमा हवाईजहाजको संख्या वढेर गएको छ तर पाईलटको अभाव भईसकेको छ यसै गरी पानी जहाज ल्याउने भन्छौ यसको मेनपावर हामी सगँ छैन,यस्ता क्षेत्रमा मेकानिक्स देखी ईन्जिनियर सम्मको लागी धेरै सख्यामा स्कुलरसीप माग गरिऊ । आईटि,डिजिटल इकोनोमी तथा कम्प्युटर प्रविधिमा चीनले फडको मारेको देखेपछि हामीले कम्प्युटर ईन्जिनियरमा नेपाल लाई स्कुलरसीप दिनु पर्ने कुरा राख्दा चीनिया पक्ष खुशी देखिन्थे । शिक्षा र तालीमको क्षेत्रमा नेपाल लाई सहयोग गर्न चीनिया पक्ष आतुर देखिन्छ ।

४ ) यसै गरी वेस्ट मेनेजमेन्ट,वातावरण संरक्षण,खानेपानी आयोजना,सिचाई क्षेत्रमा समेत सहयोग गर्न सक्ने जानकारी चिनीया पक्ष वाट पायौ,हामीले ठोस रुपमा प्रस्ताव पेश गर्ने हो भने चीन सरकारले हामी लाई सहयोग गर्न सक्ने रहेछ ।

५) नेपालको हाईडो पावर लाई चिनले नेपालले अन्य देशमा विक्री गर्न सक्ने वस्तुको रुपमा हेरेको रहेछ । विआरआईको प्रयोग गरेर नेपालको विद्युत अन्य देशहरुमा विक्री गर्न सकिने हुदा चिनिया लगानीकर्ताहरु हाईड्रोपावरमा नेपाली पक्ष सगँ जोइन्ट भेन्चरमा या एकल रुपमा लगानी गर्न उत्सुक छन ,हामीले प्रोजेक्ट दिन सक्नु परयौ ।

६) नविकरणीय उर्जा तथा ग्रीन ईनर्जीमा समेत चीनिया पक्षले सहयोग गर्ने मनसाय व्यक्त गरेको छ । हामीले सोलार,वाईन्ड देखी ग्रीन ईनर्जीका क्षेत्र पहिचान गरी प्रोजेक्ट दिन सक्नु परयौ ।

७ ) चीनले सहयोगको चासो राखेको विषय ईन्ड्रसट्रियल पार्क रहेछ ,चीनमा यस्ता पार्कहरु सफल भएका रहेछन,निकासी गर्ने वस्तु उत्पादन गर्ने तथा आयात प्रतिस्थापित गर्ने उद्योग यस्ता क्षेत्रमा निमार्ण हुने रहेछन र त्यस्ता उद्योगहरु लाई विविध सुविधाहरु दिने रहेछ हामीले यस्ता क्षेत्रमा कृषीजन्य तथा पशुजन्य कच्चा पदार्थमा आधारित उद्योगहरु स्थापना गर्न जोड दिनु पर्छ भन्दा चीनिया लगानी कर्ताहरु खाद्य वस्तु उत्पादन गर्ने उद्योग स्थापना नेपालमा गर्न आतुर रहेछन यस्ता वस्तुहरुको माग चिनमा रहेछ चीनको जनसंख्या वढी अनि फुड प्रोडक्टहरु चीनले आयात गर्नुपर्ने रहेछ  ।

८ )नेपालमा जलविद्युतको विकास गरेर ईलेक्ट्रिल भेहिकल प्रयोग गर्न गराउन चिनले सहयोग गर्ने जानकारी पायौ यसो गर्दा ईन्धनको प्रतिस्थापन हुने ,नेपालको विदेशिएको पैसा वच्ने ,आर्थिक विकास हुने अवसर आउछ । ईलेक्ट्रिकल भेहिकल निर्माण गर्ने इन्ड्रष्टी नेपालमै निर्माण गर्ने र यहा वाट दक्षिण एशियाली मुलुकहरुमा निर्यात गर्न सकिने विषय चीन सगँ राख्ने हो भने चीनको ठुलो लगानी नेपालमा आउछ ।

९ ) अहिले विआरआई अन्र्तगत ७० देशहरुमा १००जति प्रोजेक्टहरु चालु अवस्थामा छन,चीनले ठुला प्रोजेक्टहरुमा लगानी गर्न खोजीरहेको छ,उत्तर वाट रेल ल्याउने कुरामा हामी कटिवद्ध हुनु पर्छ,रेल यातायात निकै भरपर्दो पायौ,हामीले रेलवे कम्पनिमा गएर रेल वनाएको हेरियौ,संसारका देशहरु वाट वुलेट रेल निर्माणको माग धेरै रहेछ,धमाधम रेल वन्दै थिए । चीनले रेलवेज निर्माण गर्ने,केही वर्ष संचालन गर्ने र नेपाल लाई हस्तानन्तरण गर्ने मोडलमा हामी जान सक्छौ ।

१०) भारतको कुरा भारत सगै,चीनको कुरा चीन सगै गर्ने रणनीति हामीले लिनु पर्छ , द्धिपक्षिय सम्वन्ध विकासमा जनसम्वन्ध विस्तार गर्न चीनिया अधिकारीहरु आउदा कोकोहल गर्ने,चिच्याउने वानी हामीले छोडनु पर्छ । भारतिय अधिकारीहरु आउदा पनि हामी कोकोहल गर्ने अनि चीनिया अधिकारीहरु आउदा र विकासका विचारका कुराहरु गर्दा न्वारानको वल लगाएर हल्ला गर्ने वानीले हामीलाई कही पुरयाउदैन ,कही नभएको जात्रा हाडी गाउमा भने जस्तो यहा जात्रा नदेखाऊ चीन र भारत दुवै पक्ष वाट हामीलाई विकास चाहिएको हो । हामी लाई के चाहिएको हो त्यो कुरा गरयौ । हाम्रा नचाहिने हल्ला सुन्ने फुर्सद दुवै देशलाई छैन ।

११) इन्डोप्यासेफिक रणनीतिले विआरआई को रणनीतिमा केही असर गर्दैन ,नेपाल जस्तो देश चेपुवामा पर्ला नि भनेर यस लेखकले चीनिया प्रशिक्षक समक्ष कुरा राख्दा यस लाई हाउगुजी नवनाउन अनुरोध भयो । नेपालले इन्डोप्यासेफिक वाट फाईदा लिन सक्छ भने लिओस,विआरआई वाट पनि फाईदा लिओस नेपालले आफनो विकास जसरी पनि गर्न सक्छ यसमा नेपालको ईच्छा हो । विआरआई वास्तवमा हाम्रो अवसर हो जति सक्दो र छिटो यसको प्रयोग गर्न सक्नु पर्दछ । चीनिया अगुवाईमा स्थापित वैक तथा वित्तिय संस्थाहरुवाट सफट लोन लिएर पनि काम गर्न सकिन्छ । अर्को बीबीआइएनःवगंलादेश,भुटान,ईन्डिया नेपाल समुह सार्क भित्रको समुह हो यसमा मिलेर विकास गर्दा भो कसैको टाउको दुखाई छैन तर खई यसको उपलव्दी पनि देखिदैन । हामी के स्पष्ट हऊ भने इन्डोप्यासेफिक र वीवीआईएन बीआरआईको विकल्प होईन कसैको ललिपपमा नपरौ ।

१२) चीनियाहरु गफमा होईन,काममा विश्वास गर्दा रहेछन , धेरै गफ गर्नु भन्दा नेपालले काम गरोस,हामी ले के सहयोग गर्नु पर्ने हो हामी गर्छौ नेपाल हाम्रो करीव १४५०कि.मी.भुसतह सीमाना जोडिने देश हो,हामीले अफ्रिकन मुलुकहरु ईथोपिया,युगान्डा,लिसोथो,सुडान,नाईजेरिया,मालवी लगायतका देशहरुमा त सहयोग गरेका छौ भने नेपालमा नगर्ने कुरा हुदैन । यसरी चीनिया पक्ष नेपालमा रणनितिक विकास गर्न आतुर छ । चीनको विकासको मोडल चाही दिर्घकालीन,पछि आउन सक्ने अवरोध र आवश्यकता सामना गर्न सक्ने रणनैतिक प्रकृतिको हुने रहेछ । विआरआई अन्तर्गत पनि दिर्घकालिन महत्वका प्रोजेक्टहरु निर्माण हुने छन , हामी दरा खुट्टा टेकेर अघि वढौ चिन सरकार र चीनिया जनताले साथ दिने छन ।